विन्दा पाण्डेको प्रश्न- सरकार कसरी चलाउनुपर्छ देखाउँछौं भनिएको थियो, यसै गरी चल्ने भनेको हो ?

काठमाडौं । नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले हठाथ संसद अधिवेशन अन्त्य गर्ने सरकारको कदमको आलोचना गरेकी छिन् । पुर्नस्थापित संसदको पछिल्लो बैठकमा नागरिकता सम्बन्धी विधेयक टेबल नगरिको र यौनजन्य हिंसा तथा एसिड प्रहार सम्बन्धी अध्यादेश पारित नगरी अधिवेशन अन्त्य गरिएकोमा उनको विरोछ छ।

‘सबै पक्षबाट नागरिकता विधेयकको माग भएर पनि टेवल गरिएन,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘यौनजन्य हिंसा र एसिड प्रहार सम्ब्धन्धी अध्यादेश आजैबाट खारेज भयो। अफगानिस्तानको नेपालीबारे संसदलाई जानकारीको निर्देशन र संसद अन्त्य पनि आजै।’

सरकार कसरी चलाइन्छ, देखाउँछौं भनिएको भन्दै पाण्डेले यसै गरि सरकार चलाउने हो भनेर प्रश्न गरेकी छिन्। ‘सरकार कसरी चलाउनुपर्छ, देखाउछौं भनिएको थियो,’ उनको प्रश्न छ,‘ यही हो ? यसै गर्ने भनेको हो ? कुरा बुझिएन।’

Comments

One response to “विन्दा पाण्डेको प्रश्न- सरकार कसरी चलाउनुपर्छ देखाउँछौं भनिएको थियो, यसै गरी चल्ने भनेको हो ?”

  1. dalbdr gurung Avatar
    dalbdr gurung

    दमदार प्रश्न सरकारलाई । उत्तर अध्यादेशमार्फत आउला पक्कै पनि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *