परमादेशबाट लुटिएको जनादेश चुनावले फिर्ता गराउनेछः शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ दावी गरेका छन् । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले सो दावी गरेका हुन् । विपक्षीहरु परमादेशबाट सरकारमा पुगेको भन्दै उनले कटाक्ष गरेका छन् ।

पोखरेलले लेखेका छन्, ‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरु सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो ।’

Comments

One response to “परमादेशबाट लुटिएको जनादेश चुनावले फिर्ता गराउनेछः शंकर पोखरेल”

  1. राजेश खनाल Avatar
    राजेश खनाल

    टियुमा तत्कालिन अखिले (पाचाैं) काे नाइके हुँदासम्म त याे मान्छे राम्रै लाग्थ्याे । अहिले त ठ्याक्कै ओलि, बाँस्काेटा जस्ताे भएछ । हाेइन, तिमीले संविधान कुल्चिएउ, मिचेउ, मानेनउ । जनता र कार्यकर्ता ढाँट्न संबिधानकाे व्याख्या आफू अनुकुल गर्न लागेउ । संविधान बचाउन, देशलाई कानूनीराज कायमै राख्न सर्बाेच्च अदालतले संबिधानकाे व्याख्या गर्याे । तिमीहरुले गरेकाे काम संविधान बिपरित हाे भन्याे । जम्मा ९३ मतले सरकारमा बसिरहन पाइन्छ? किन चित्त दुखाएकाे । अपराध गर्न पाइन भनेर चित्त दुखाउन पाईन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *