काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्जन कर्पोरेसन कम्प्याक्ट (एमसीसी)लाई लिएर उत्पन्न विवादको समाधान कूटनीतिक संवादबाट हुनुपर्ने बताएको छ ।
शनिबार राजधानीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रस्तावमा उक्त कुरा उल्लेख छ ।
एमसीसीसहित लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादको माध्यमबाट हल गर्न प्रयत्न गरिने प्रतिवेदनमा उल्लेख छ ।
अहिले एमसीसीको संसदीय अनुमोदनलाई लिएर राजनीतिक दलहरुबीच विवाद छ । सत्तारुढ गठबन्धनभित्रै यसलाई हेर्ने दृष्टिकोणमा भिन्न मत छ जसले गर्दा मतैक्य कायम हुन सकेको छैन ।

Leave a Reply