काठमाडौं । नेपालको एक-चीन नीतिमा कुनै परिवर्तन नहुने बेइजिङ नियोगका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले बताएका छन् ।
चिनियाँ सरकारी संचारमाध्यम ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा उनले छिमेकी र मित्रराष्ट्रसँगको नेपाल नीतिमा कुनै परिवर्तन नआउने समेत बताए ।
शेरबहादुर देउवाको सत्तारोहण भएपछि कतिपयले वर्तमान सरकार भारततर्फ झुक्ने टिप्पणी गरिरहँदा राजदूत पाण्डेको यस्तो भनाई व्यक्त भएको हो ।
नेपालको परराष्ट्र नीति संविधानले निर्दिष्ट गरेको बताउँदै उनले संविधान र राजनीतिक प्रणाली नै परिवर्तन नभएसम्म नेतृत्व परिवर्तनले मात्र छिमेक नीति नबदलिने उनको भनाई छ ।
नेपालको भारत र चीन नीति आपसी सम्मान, आपसी लाभ, पारस्परिक बुझाईले निर्देशित रहेको बताउँदै उनले नेपालको कुनै दुस्मन राष्ट्र नरहेको समेत बताए ।

Leave a Reply