माधव नेपाल भन्छन् : एमालेले जनविश्वास कायम गर्न सकेन, हाम्रो लागि मैदान खाली छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेले जनविश्वास कायम राख्न नसकेको भन्दै आफ्ना लागि मैदान खाली रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको बताए ।

नेपालले भने– एमालेले जनविश्वास कायम राख्न सकेन । हामी अन्तिमसम्म पनि सहज बाटो (एमाले एकता)को पक्षमा छौं । तर न रुन सकिने, न हाँस्न सकिने जस्तो अवस्था नआओस । सहज बाटो नै रोज्न खोजेका छौं, अपमान सहेर एकता हुन्न, त्यो बेला असहज बाटो लिनु बाध्यता हो ।

एमालेमा वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने र घर न घाटको अवस्था आउने अवस्था आफ्नो लागि स्वीकार्य नहुने नेपालले बताए । असहज बाटो रोज्ने आफ्नो चाहना नभए पनि बाध्यता हुन सक्ने भन्दै उनले एमाले विभाजनको संकेत गरेका छन् ।

Comments

3 responses to “माधव नेपाल भन्छन् : एमालेले जनविश्वास कायम गर्न सकेन, हाम्रो लागि मैदान खाली छ”

  1. Indra Avatar

    एमालेले होइन जनविश्वास त माकुनेले २०७४ मै दुई दुई ठाउबाट गुमाइ सकेको बिर्सेंछ । फेरी रौतहट तिर जाने कि ?

  2. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    एउटाको ढाडमा टेकेर अर्कोको टाउकोमा हान्न रमाउने र कुण्ठाग्रस्त खराब पात्रहरूका कारणले नेपालमा वामपन्थी नेतृत्वको सरकारमात्र ढलेन कम्फर्टेबल सरकार पनि बन्यो। नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूको प्रभाव बढ्यो अनि राष्ट्रिय स्वाभिमानसँगै दिगो सम्वृद्धिको यात्रामा पनि अवरोध गरियो। त्यसमा पछिल्लो पुस्ताको दास मनोविज्ञानले बल प्रदान गर्यो।

  3. भुपेन्द्र राज भट्टराई Avatar
    भुपेन्द्र राज भट्टराई

    मन मिल्ने जोडिदैजान्छन् मन नमिल्ने छोडिदैजान्छन् जानेलाई जान दिनुपर्छ आउनेलाई स्वागत गर्नुपर्छ।केही फरक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *