इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्वाइस अफ नेपाल सिजन- ३ का विजेता किरण गजमेरलाई बधाई दिएका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालय पुगेका गजमेरलाई मुख्यमन्त्री राईले बधाइ दिएका हुन्। सांगितिक कार्यक्रम संचालक कृष्ण कडेल लगायतको समुहमा आएको टोलीसग मुख्यमन्त्रीले भेट गरेको र बधाई दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव नवराज राईले जानकारी दिए।
प्रदेश १ कै झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मेर हाल अमेरिका बस्ने गजमेर भ्वाइस अफ नेपाल सिजन ३ को लागि विगत आठ महिनादेखि नेपाल छन् । उनी नेपालको रियालिटी शोक बिजेता बन्ने प्रथम नेपाली भाषी विदेशी हुन।

Leave a Reply