डेब्युको तयारी गर्दै ब्रेन्टफोर्डः प्रशिक्षक भन्छन्– हामी प्रिमियर लिगमा पनि आक्रामक फुटबल खेल्छौं

काठमाडौं । प्रिमियर लिगमा पहिलो पटक सहभागी हुने तयारीमा रहेको ब्रेन्टफोर्ड फुटबल क्लबका प्रशिक्षक थोमस फ्रान्कले आक्रामक फुटबल खेल्ने बताएका छन् । गत सिजन इङ्लिस फुटबलको दोस्रो डिभिजन- च्याम्पियनसिपबाट बढुवा भएको ब्रेन्टफोर्डले आक्रामक शैलीको फुटबल खेल्दै आएको छ ।

र, शुक्रबार रातिदेखि सुरु हुने इङ्लिस प्रिमियर लिगको आगामी सिजनमा पनि ब्रेन्टफोर्डले आफ्नो शैली परिवर्तन नगर्ने प्रशिक्षक फ्रान्कले प्रतिक्रिया दिएका हुन् ।

‘टप फ्लाइट’मा हामी केही व्यक्तिहरूलाई सरप्राइज दिन्छौं’ गत सिजन च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता टोलीका प्रशिक्षक फ्रान्क भन्छन्, ‘हामी प्रिमियर लिगमा आक्रमण गर्न चाहन्छौं ।’

ब्रेन्टफोर्डले प्रिमियर लिगको इतिहासकै आफ्नो पहिलो खेलमा शुक्रबार राति आर्सनलको सामना गर्दैछ ।

‘म आगामी खेलका लागि एकदमै फोकस्ड छु’ प्रशिक्षक फ्रान्क भन्छन् ।

नयाँ सिजनको पहिलो खेलमा शुक्रबार राति १२ः४५ बजे ब्रेन्टफोर्ड र आर्सनल भिड्दै छन् । ब्रेन्टफोर्डको घरेलृ मैदानमा हुने खेल क्लबका लागि ऐतिहासिक हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *