पूर्वनेपाली राजदूतहरुको संस्था ‘आफ्ना’ गठन, अध्यक्षमा शम्भुराम सिंखडा

काठमाडौं । पूर्वनेपाली राजदूतहरुको समूह एसोसिएसन अफ फर्मर नेपाली एम्बेसडर्स एसोसिएसन (आफ्ना) नामक संस्था गठन भएको छ ।

शम्भुराम सिंखडा अध्यक्ष रहेको आफ्नामा चोपलाल भुषाल उपाध्यक्ष, लक्की शेर्पा सचिव र रमेश कोइराला कोषाध्यक्ष चयन भएका छन् ।

सदस्यहरुमा विश्वम्भर प्याकुरेल, अर्जुन कार्की, विजयकान्त कर्ण, युवनाथ लम्साल र ऋषि अधिकारी छन् । राजनीतिक नियुक्ती भएका पूर्वराजदूतहरुको समूह गठन भएको हो ।

यसअघि कूटनीतिक सेवाबाट राजदूत नियुक्त भएका समूह एसोसिएसन अफ फर्मर करियर एम्बासडर्स अफ नेपाल (आफ्कान) गठन भएको छ । सचिव लक्की शेर्पाका अनुसार आइतबार जिल्ला प्रशासन कार्यालयमा संस्था गठन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *