सुनको मूल्य प्रतितोला ४ सय घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४ सय घटेको छ ।

छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार २ सय थियो ।

तेजावी सुन ८८ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । सामान्य गिरावट आएको चाँदीको मूल्य प्रतितोला १ हजार १९० रूपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *