काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू दृढतापूर्वक अगाडि बढ्ने र कसैको टाङमुनि नछिर्ने बताएका छन् ।
हालै एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिने कार्यक्रममा आफूले राजनीतिको कुरा नगर्ने बताए ।
तर, लगत्तै नाम नलिइकन आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गर्दै भने, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं । कसैको टाङमुनि छिर्ने छैनौं । अध्याँरो सुरुङमा छिर्नेवाला छैनौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’
नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दावी गरे । उनीहरूले बहादुरी देखाएको नेपालको टिप्पणी छ ।

‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, उनले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’
बहादुरी भएकाहरुको मात्र कदर हुने र कायरहरुलाई ठाउँ नभएको उनको टिप्पणी छ ।


Leave a Reply