ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीले अहिलेको सरकारले सबै भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे।

‘उहाँहरूले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ,’ ओलीले भने, ‘जनताले गीत लेखिसके-भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँल, बन्द गर ओली याद आउने सबै चिजहरु।’

उनले गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावनाबाट आफूहरुमाथि गाली र आक्रमण सुरु भएको समेत बताए ।

Comments

One response to “ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू”

  1. आयुष Avatar

    महाशय धरहरा र रानीतलाउ बनाएको मैले भन्ने लागेको होला । तर त्यो नेपालीीजनता को रगत पसिना ले बनेको हो। कति पैसा कहाँ बाट कमाएर बनाउनु भयो भनिदिनु पर्यो। सिँह दरवार राज दरवार, विभिन्न राजमार्ग पनि के अब राजा र राणा हरु ले भत्काउँदै हिड्नु? नेता कुनै दल को हुन्छ तर राष्ट्र नायक दल भन्दा माथि हुन्छ । हेक्का रहोस् ओली ज्यू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *