काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजारले घट्दै छापावाल सुन ८९ हजारमा कारोबार भइरहेको छ । हिजो ९० हजार निर्धारण गरिएको थियो ।
आइतबार पनि सुनको मूल्य तोलामा १५ सय गिरावट आएको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ५५० कायम गरिएको छ । यसैगरी प्रतितोला २० रूपैयाँ घटेको चाँदीको आजको भाउ १ हजार २१५ रूपैयाँ छ ।

Leave a Reply