माधव पक्षलाई बाबुरामको सुझाव : प्रतिगमनको नयाँ भेरिएन्ट आउन सक्छ, एमालेमा नफर्क

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले माधव नेपाल समूहलाई एमालेमा नफर्किन सचेत गराएका छन् ।

माधव समूह एमालेमा फर्किए फेरि पनि मुलुक चुनावमा जान सक्ने भन्दै भट्टराईले त्यो संवैधानिक चुनाव वा अर्ली इलेक्सनले संविधानको आत्मा नै मार्न सक्ने बाबुरामको ठहर छ ।

केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनले संविधानको हत्या गरेको भन्दै बाबुरामले अब हुने संसद विघटनले संविधानको आत्मा मार्न सक्ने भएकाले ढुक्क भएर आ आफ्ना पार्टी वा गुटमा नफर्कन आग्रह गरेका छन् ।

बाबुरामले भनेका छन्– ‘कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है१ पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ । पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ। ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कौं ।

एमालेको माधव नेपाल पक्षले १० बुँदे सहमतिका आधारमा पार्टी एकताको निर्णय गरे लगत्तै बाबुरामले माधव पक्षको नाम नलिई उनीहरु एमालेमा फर्किए संसद विघटन हुने खतरा औंल्याएका छन् ।

Comments

One response to “माधव पक्षलाई बाबुरामको सुझाव : प्रतिगमनको नयाँ भेरिएन्ट आउन सक्छ, एमालेमा नफर्क”

  1. Dinesh Nepali Avatar
    Dinesh Nepali

    चिल आयो—- चिल आयो—– भन्दै सबैले चिल तिर हेर्दा आफु कुखुरा चोरेर हिड्ने स्यालको कथा पढेको बच्चा बेलामा !!! यी फटाहा हरु तेही छट्टु स्यालहरु हुन् !!! कथित “””प्रतिगमन””” भन्दै सिधा साधा जनतालाई तर्साएर आफुचाही लुटेर खान पल्केका भातमारा हरु !!! कहिले होला हामीले यी धुर्त स्याल्हरुलाई चिन्ने ???? जय नेपाल, जय नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *