काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको स्थानीयले जनाएका छन् ।
अनेक प्रयासका बाबजुत पनि आगो निभाउने प्रयास सफल भएको छैन ।
काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।
आगो निभाउन दमकल, पानी ट्यांकरको पनि प्रयोग भइरहेको छ ।

Leave a Reply