काठमाडौं । चितवनमा जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि पूर्व उपसचिव प्रेम सञ्जेलले एक लाख १ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा समेत चिनिएका सञ्जेल ४० वर्षसम्म सरकारी जागीर खाएर केही समयअघि अवकास पाएका थिए ।
प्रेमप्रसाद सञ्जेल र डा. विनिता सञ्जेल फाउन्डेसनका तर्फबाट रङ्गशालालाई उक्त सहयोग प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।
‘हामी बनाउँछौं हाम्रो रंगशाला’ अभियानका लागि गरेको सहयोगका निम्ति फाउन्डेसनले आभार प्रकट गरेको छ ।

Leave a Reply