माधव नेपालले भने- ओलीले जति गाली गरे पनि एकताकै पक्षमा छु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् ।

आफ्नो समूहको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरेपछि एकताबाट पछि नहट्ने बताए ।

एमाले स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालले आफ्नो पक्षका नेताहरुलाई संयमित र जिम्मेवार बन्न सुझाएका थिए ।

नेपाललाई उद्धृत गर्दै पन्तले भने, ‘हामीले जति आलोचना गर्दा पनि संयमित र जिम्मेवार हुन छोड्नु हुन्न । एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । ओलीले जति गाली गरे पनि एकता प्रयास जारी राख्नेछु ।’

नेपालले ओलीले एकताका नाममा अल्मल्याउन खोजेकोप्रति भने सचेत रहनुपर्नेमा जोड दिएका थिए ।

Comments

One response to “माधव नेपालले भने- ओलीले जति गाली गरे पनि एकताकै पक्षमा छु”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    देउवालाई प्रम बनाउन भूमिका खेल्ने र विश्वासको मत दिनु महान उपलब्धि हो र? अनि विभाजन नै नभएको पार्टीमा एकताको कुरो कहाँबाट आयो? पार्टीले नै मुख्य प्रतिस्पर्धी दल नेकालाई सत्ता सुम्पिएर कुन मुख लिएर एमाले हौं भन्दछन्? माधव नेपाल एमालेका लागि गद्दार नै हुन अनि दक्षिणपन्थीका मतियार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *