काठमाडौं । राजदूत गणेश ढकालले सिंगापुरकी राष्ट्रपति हेलिमा योकबलाई भर्चुअल माध्यममार्फत बुधबार ओहादाको प्रमाणपत्र बुझाएका छन् । कोभिड-१९ महामारीको कारण राजदूतले अनलाइनबाटै प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा राजदूत ढकालले नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली नागरिकको तर्फबाट शुभकामना र समृद्धिको सन्देश सुनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् १९६९ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र सिंगापुरबीच द्धिपक्षीय सम्बन्ध प्रगाढ बनेको बताउँदै सिंगापुरकी राष्ट्रपति याकोबले नेपाललाई आफ्नो मुलुकको प्राविधिक सहयोग निरन्तर हुने आश्वासन दिएकी थिइन् । सिंगापुर मामिला हेर्ने जिम्मा अहिले थाइल्यान्ड नियोगलाई दिइएको छ ।


Leave a Reply