सर्वोत्तम सिमेन्ट प्रमोटर सेयरमा चन्द्र ढकालको नाम जोडिएकोप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विक्रीमा मुछिएकोप्रति महासंघले आपत्ती जनाएको छ ।

धितोपत्र बोर्डको सञ्चालक समितिका अध्यक्ष भिष्मराज ढुंगाना र सञ्चालक सदस्य चन्द्र ढकालले सर्वोत्तम सिमेन्ट वुक विल्डिङमा जानु अगाडी नै संस्थापक सेयर वितरण गरेको तथ्य प्रकासित भएको थियो । धितोपत्र वोर्ड तथा नेप्सेका कर्मचारी र सञ्चालकले कुनै पनि कम्पनीको सेयर खरिद विक्री गर्न नपाउने कानूनी व्यवस्था रहेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद , त्यस्तै हाथवेका लगानीकर्ता अम्विकाप्रसाद पौडेल र हेमराज ढकाललेसमेत बुक विल्डिङमा जानुअघी नै सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद गरेको बताइएको छ।

महासंघले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेर सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासंघले असन्तुष्टी जनाएको छ ।

नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७ कातिक ८ गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र ढकाल बोर्ड बैठकमा मिति २०७७ माघ ११ गते देखिमात्र उपस्थिति रहेको महासंघले दाबी गरेको छ ।

चन्द्रप्रसाद ढकालका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु भन्दा दुई महिना अगाडि २०७७ मंसिर ८ खरिद गरेको शेयर कारोबारलाई आधार बनाएर भ्रामक समाचार सम्प्रेषण गरिएको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *