काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत सुखदुःखका साथी भएको बताएका छन् । शनिबार ट्वीटमार्फत उनले नेपालसहितका छिमेकी मुलुकलाई स्मरण गरेका हुन् ।
मोदी लेख्छन्, ‘भुटान होस्, नेपाल होस्, माल्दिभ्स होस या मरिसस होस् । हामी सबै छिमेकी मात्र होइनौं । हाम्रो सोच र सामाजिक व्यहारमा पनि निकै समानता छ । हामी सुखदुःखका साथी हौं ।’
भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है।
हम सभी सुख-दुख के साथी हैं।
जब भी कोई आपदा आती है, विपत्ति आती है, तो सबसे पहले हम ही एक दूसरे की मदद करते हैं: PM @narendramodi
— PMO India (@PMOIndia) July 31, 2021
‘जब कुनै आपत आउँछ । विपत आउँछ । तब सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्छौ’ मोदीले लेखेका छन् ।

Leave a Reply