काठमाडौं । नेप्से परिसूचक आज १५.११ अंकले घट्दै ३,०७९.८३ विन्दुमा रोकिएको छ ।
आज कारोबार रकममा पनि गिरावट आयो । २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेचमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रूपैयाँ कारोबार भयो । आज होटल तथा टुरिजम र विकास बैंक समूहबाहेकका समूहको उपसूचकमा रातो लाग्यो ।
सबैभन्दा बढी गुड्विल फाइनान्स कम्पनीको सेयर १४ करोड कारोबार भयो । सबैभन्दा बढी गुमाउने कम्पनीमा पनि गुड्विल फाइनान्स नै रहेको छ । गुड्विलका लगानीकर्ताले आज ६.९७ अंक गुमाएका छन् ।

Leave a Reply