काठमाडौं । मन्त्रिपरिषद विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । एमालेको माधव नेपाल पक्षबाट भने आजको बैठकमा पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी छन् ।
यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी थिए । तर पार्टी एकताको पक्षमा क्रियाशील नेताहरुले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।
नेपालसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलवार पनि छलफल गरेका थिए । नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष सरकारमा सहभागी पनि हुने बताएका थिए ।
आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमकै बारेमा छलफल हुने बताइएको छ । मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्तारका बारेमा माधव नेपालसहित शीर्ष नेताहरु पुनः छलफल गरेपछि टुंगो लाग्नेछ ।
जसपा आधिकारिकता विवाद टुंगो लागेपछि अब सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।
याे पनि पढ्नुहाेस्

Leave a Reply