काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शुभकामना दिएका छन् ।
भारत भ्रमणमा आउनुअघि उनले छिमेकी देश नेपालका प्रधानमन्त्रीलाई टेलिफोन गरेर बधाई दिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
I had the pleasure to speak with Nepali Prime Minister Deuba today. We discussed the advancement of the U.S.-Nepal partnership including cooperation on our shared fight against COVID-19 and the effects of climate change.
— Secretary Antony Blinken (@SecBlinken) July 27, 2021
देउवा र ब्लिंकेनबीच महामारी नियन्त्रण र जलवायु परिवर्तनका चुनौतिसँग मिलेर लड्नेबारे छलफल भएको जनाइएको छ । अमेरिकाले गतसाता दिएको १५ लाख डोज जोन्सन खोपको प्रयोगका बारेमा पनि ब्लिंकेनले चासो व्यक्त गरेका थिए ।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार देउवालार्ई ब्लिन्कनले नयाँ कार्यकालको लागि बधाई दिएका थिए भने अमेरिकी सरकारले हालसालै सहयोग गरेको १५ लाख खोप सहयोगको लागि देउवाले धन्यवाद दिएका थिए।

Leave a Reply