मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

काठमाडौं । विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेकाे उनले जानकारी दिए ।

‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्युको हल्ला झूटो रहेछ,’ डिएसपी शाहले भने ।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा भाईरल गरिएको शाहीको तस्बिर

Comments

One response to “मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए”

  1. Bam bahadur saud Avatar
    Bam bahadur saud

    सामाजिक संजालमा झुटो न्युज पोस्ट गर्नेलाई कानुनी कारबाही अनिबार्य हुनु पर्छ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *