चेम्बरले गठन गर्‍यो लजिष्टिक एण्ड अटोमोवाइल समिति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लजिष्टिक, ट्रन्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन गरेको छ ।

चेम्बरले लोकमान्य गोल्छाको सभापतित्वमा गठित लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समितिको सदस्यमा मनोनयन गरेको हो ।

आर बि रौनियारलाई मनोनयन पत्र प्रदान गरेको छ । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हाशिल गरेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *