काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै त्यहाँ शान्ति स्थापनाका लागि राष्ट्रसंघ मातहतमा शान्ति सेना परिचालन गर्नुपर्ने एकजना पूर्वनेपाली कूटनीतिज्ञले बताएका छन् ।
भारतीय अखबार इन्डियन एक्सप्रेसको सोमबारीय संस्करणमा राष्ट्रसंघका लागि पूर्वनेपाली राजदूत दिनेश भट्टराईले उक्त कुरा उल्लेख गरेका हुन् ।
उनी भन्छन्, ‘अमेरिकी सेनाको फिर्ती भएपछि हुने पावर भ्याकूममा आतंकवादी र कट्टरपन्थीले ठाउँ लिनुभन्दा राष्ट्रसंघको रोहवरमा दक्षिण एसियाली मुलुकबाट संयुक्त सुरक्षाबल खटाउनु महत्वपूर्ण हुन्छ ।’
राष्ट्रसंघीय शान्ति सेनामा दक्षिण एसियाली मुलुकहरुबाट दक्षिण एसियाली मुलुकहरुबाट उच्च योगदान भएकाले अफगानिस्तानमा शान्ति कायम गर्न पनि यसो गर्नुपर्ने उनको सुझाव छ ।
अलग भएका मुलुकहरुलाई सँगै ल्याउन सार्क सक्षम रहेको उल्लेख गर्दै उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि पनि सार्क सक्रिय र गतिशिल हुनुपर्ने जनाएका छन् ।

Leave a Reply