सुदूरपश्चिमका दुवै जसपा सांसद महन्थ–महतोतिर !

कैलाली । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रमा ‘हेड काउन्ट’ भइरहेका बेला सुदूरपश्चिममा दुई सांसदले भने अझै पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । ‘पार्टी एकता गरेर जसपा हुनु दुर्भाग्य भएको’ भन्दै उनीहरुले अझै पार्टी एकताका लागि दाबाब दिने बताइरहेका छन् ।

पार्टीको संसदीय दलका नेता रहेका कृष्णकुमार चौधरी र प्रमुख सचेतक मालामति कुमारी राना पार्टी एकतापूर्व राष्ट्रिय जनता पार्टीका थिए । यसअघि उनीहरु दुवैजना महन्थ ठाकुर पक्षीय जसपामा थिए । उनीहरुले अहिले पनि आफूहरुले पार्टीमा पक्ष परिवर्तन नगरेको बताएका छन् ।

‘अहिले पनि हामी जसपा विभाजन हुनु हुँदैन भन्ने पक्षमा छौँ सांसद रानाले भनिन्, त्यसैले अहिलेसम्म हामी पक्ष वा विपक्षमा खुलेका छैनौं ।’

उनले सोमबार अत्तरियामा जसपा एकताको लागि दबाबमूलक कार्यक्रमको आयोजना गरिएको समेत बताइन् ।

जसपाकै अर्का सांसद कृष्ण चौधरी अहिलेसम्म ठाकुर पक्षमै छन् । उनले पनि जसपा विभाजन हुनु बिडम्बनापूर्ण हुने बताए ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा जसपाका दुई सांसद छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *