धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै बाबुराम भट्टराईलाई कारबाही गर्न हिन्दु महासंघको माग

काठमाडौं । विश्व हिन्दु महासंघले हिन्दु धर्मको धार्मिक आस्था र विश्वासमा कुठाराघात गर्दै अपमानजनक अभिव्यक्ति दिएको भन्दै पूर्व प्रधानमन्त्री तथाजनता समाजवादी पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराईलाई कारबाही गर्न माग गरेको छ ।

हिन्दुधर्मावलम्बीको आस्था र विश्वासप्रति प्रहार गर्दै समाजिक संजाल ट्विटर मार्फत् आपत्तिजनक अभिव्यक्ति गरेको भन्दै डा. भट्टराई लाई यथाशीघ्र कानुनी दायरामा ल्याई कारबाही गर्न महासंघले माग महासचिव अस्मिता भण्डारीले बताइन् ।

डा.भट्टराईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री गोरक्षपिठाश्वर महन्त योगी आदित्यनाथजीले गंगाजीमा दूधधारा अर्पण गर्दै गरेको तस्बिरलाई माध्यम बनाएर पूर्वीय दर्शन, सभ्यता र हिन्दु धर्म, संस्कृतिका रुपमा गरिने प्रकृति पूजन माथि अत्यन्तै अमर्यादित र अशिष्ट शब्दहरु प्रयोग गरेको भन्दै महासंघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ ईस्लाम धर्मावलम्बीको पर्व इदका दिन हिन्दु धर्ममाथी गरिएको यस्तो प्रहारले हाम्रो देशको धार्मिक सहिष्णुतामा खलल पुर्याउने र तथा सामाजिक सद्भाव भड्काउने उद्देश्यबाट प्रेरित भएको प्रष्ट भएकाले जनता समाजबादी पार्टीको संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री जस्तो ब्यक्तिबाट भएको यस्तो घृणित कार्यको बिरुद्धमा एकजुट भई अगाडि बढ्नका लागि सम्पूर्ण हिन्दु ॐकार परिवारमा हार्दिक अनुरोध गर्दछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *