ग्लोबल आईएमई बैंक र अर्ग्यानिक सहकारीबीच कृषि अनुदान कर्जासम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्ग्यानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सहकारीबाट अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधिअन्तर्गत अर्ग्यानिक नेपाल सहकारीको सिफारिसमा सेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने साथै कर्जा लिने साना किसानलाई सहकारीले तालिम पनि गराउनेछ ।

ग्लोबल आईएमई बैंकका ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *