देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे ।

विश्वासको मतको विपक्षमा ८३ जना सांसदले मत दिएका छन् । एकजना सांसद तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।

नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि देउवाको पक्षमा रहने सांसदहरुको संख्या बढेको हो । एमालेकै माधव नेपाल पक्षका केही सांसदहरु भने आज अनुपस्थित रहेका थिए ।

Comments

One response to “देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद”

  1. Dinesh Nepali Avatar
    Dinesh Nepali

    यो जित कसको ?? शेरुको !!! यो जित कसको ?? शेरुको !!!यो जित कसको ?? शेरुको !!! विपक्षी गठबन्धनको Comfortable सरकार बन्यो।। बधाई छ, प्रचण्ड, शेरु, बाबुराम, मधेसीदलका झुण्ड अनि माकुने जी।।। दम्भी अनि अहंकारी ओली ले हार्यो !!!!! आफ्नै घरमा कुलद्रोही निस्केपछि कसैले पनि जित्न सक्दै सक्दैन !!! यी सबै नेता भनिनेहरू उही डयांग का मुला हुन् !!! तर, यी गद्दारहरुको कुर्ची को यो लडाईमा देशले चाही जित्यो कि जितेन ?? सबै जना पार्टी अनि गुटको झोले मात्र देख्छु !!! कुनैपनि पार्टी अनि गुटको झोला नबोल्ने देशभक्त नेपाली खोजेर पनि नपाईने भयो !!!!!——————————————- अनि माकुने जी, कोहीपनि नाम र प्रतिष्ठा भएका नेता देखिएन तपाईंको पछिलाग्दै देउवालाई भोट हाल्नेमा। धेरै त आफ्नो हैसियत नभएका समानुपातिक टिके मात्र रैछन। ठाकुर र महतोको झुण्ड सँगै अस्तिसम्म ओलिको वनमन्त्री प्रेम आले अनि किसान श्रेष्ठ हरु पनि माकुने सँगै देउवालाई भोट हाल्न गएछन्। देउवालाई मन्त्री माग्दै भेट्न गएको भनेर समाचारमा आएको थियो। यस्ता गद्दार हरुको झुण्ड बटुलेर माकुने कहा पुग्लान् ?? एमालेका गद्दार हरु र साँच्चिकै निष्ठाको राजनीति गर्ने हरु राम्रो सँग चिनियो।। खै के भन्नु, नेपालको राजनीति, यस्ता गद्दार हरुलाई पनि नेता मानेर पछि लाग्ने भरौटे हरुको चेतना स्तरलाई पनि धिक्कार छ। जय नेपाल, जय नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *