धरहरा र चुच्चे नक्सा हेर्दै जनताले केपी ओली सम्झिरहने छन्: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता एवम् सांसद प्रदीप ज्ञवालीले केपी शर्मा ओलीको सरकारलाई धरहरा र चुच्चे नक्सामार्फत जनाले सम्झिरहने दावी गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रयोजनका लागि प्रतिनिधिसभाको बैठकमा चलिरहेको छलफलमा एमालेको प्रतिनिधिका रूपमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कोरोना खोपका लागि पनि जनताले केपी ओलीलाई सम्झिने बताए।

‘प्रत्येक चोटी जब जनताले कोरोनाको खोप लगाउँछन्, यो सरकारलाई सम्झिने छन् किनभने एक करोड ६१ लाख खोप हामीले सुनिश्चित गरेका छौं,’ उनले भने, ‘ सुनधारामा धरहरा, दाहिनेपट्टी रानीपोखरी, चुच्चे नक्सा र बढेको सगरमाथाको उचाइका लागि सम्झिरहने छन्।’

सरकारका उपलब्धीको चर्चा गर्दे उनले भूकम्पपछिको पुनर्निर्माणका लागि पनि जनाले सम्झिने बताए। उनले आफूहरू सत्ताबाट बाहिएकोमा कुनै पीडा नभएको बताए ।

Comments

One response to “धरहरा र चुच्चे नक्सा हेर्दै जनताले केपी ओली सम्झिरहने छन्: प्रदीप ज्ञवाली”

  1. Ganga Bahadur Karkee Avatar
    Ganga Bahadur Karkee

    अबस्य ।नेपाली जनता का धरोहर के पी ओली नै हुन।उनको बिकल्प अहिले सम्म का नेताहरू मा देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *