भीम रावलको राजीनामाप्रति झाँक्रीको टिप्पणी- हतियार फालेर संसद जोगिँदैन

काठमाडौं । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले नेता भीम रावलको राजीनामा अनुपयुक्त भएको टिप्पणी गरेकी छन् । सांसद पदलाई हतियारसँग तुलना गर्दै उनले त्यो हतियार फालेर संसद र लोकतन्त्र सुदृढ नहुने उनको भनाइ छ ।

‘राजीनामा दिएर संविधान बलियो हुने, संसद् जोगिने, लोकतन्त्रलाई सुदृढ गर्ने कुरा मैले देख्दिनँ,’ संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले भनिन्, ‘त्यसकारण भएको हतियारलाई फालेर अर्को कुरा गर्नु, मलाई त्यस्तो लाग्दैन । अहिले हामीसँग भएको हतियार भोट दिने हो । यो हतियार भोट दिएर संसद्लाई क्रियाशील बनाउने हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा घोषणा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *