महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।

Comments

One response to “महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    माैका यही हो सांसद भन्ने कुरा फेरि हुने हो होइन कुनै ठेगान हुँदैन । मन्त्री, सांसद जे जे पाइन्छ चप्काउनु पर्छ । जव सर्वोच्चले नै छुट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *