काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ ले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्रको ऋण उठाउने अध्यादेश २०७८ प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेका छन् ।
जेठ १५ गते उक्त अध्यादेशहरु केपी शर्मा ओली सरकारको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको थियो ।
सरकारका नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित नहुने भएपछी केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत वजेट प्रस्तुत गरेको थियो ।

Leave a Reply