एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।
आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

Comments

4 responses to “एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा”

  1. Shashi Poudel Avatar

    Bhim Rawal ko yo nirnaza aaja samma unle garekaa galti sudarna pahilo step ho

  2. राज Avatar
    राज

    यो एउटा गर्विलो राजनैतिक निर्णय हो। हामीले बाहिरै रहेर अध्ययन गर्दा माधव नेपालले निर्लज्जता को बिकाउ राजनीति वाहेक केहि गरेको देखेका छैनौ । उनले भिम रावलबाट सिक्नु पर्ने हो तर यीनमा चेतना हिन घिन लाग्दो कालो मन रहेछ। यो खवर साचो हो भने एमाले मा केही समय विचलन मा रहेर पनी उनले (भिम रावलले) आफ्नो राजनैतिक कद उचो बनाएका छन। यहि हो पार्टि प्रतिको त्याग र समर्पण। सिक नेता हो सिक भिम रावल बाट।

  3. samj Avatar
    samj

    Dr. Bhim Rawal has taken a right decision. I think, this decision omitted his all wrong doings of the past.

  4. DEVI PRASAD SUBEDI Avatar
    DEVI PRASAD SUBEDI

    समस्या आफैभित्र छ । धूलो अनुहारमा लागेको छ ऐना पुछेर समय खेर नफालौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *