माधव निवासमा उभिएर भीम आचार्यले भने- एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियो (भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् ।

माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

आचार्यले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन,पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

 

Comments

2 responses to “माधव निवासमा उभिएर भीम आचार्यले भने- एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियो (भिडियो)”

  1. Ramesh Bhattarai Avatar
    Ramesh Bhattarai

    के आलु कुरा गरेको? देउवालाई विश्वासको मत नदिए त भैगो नि?
    अरुले आफ्नो दल कसरी फुटाउँछ त?
    फुट्न चाहने आफू,दोष अरुको टाउकोमा थुपार्ने?

  2. Janak Chaudhary Avatar
    Janak Chaudhary

    अब कमरेड माधव नेपालको समर्थनमा सांसद वा केन्द्रीय मध्ये कुनै एक ठाउँबाट मात्र भए पनि निश्चित संख्या भए पुग्ने गरी अध्यादेश ल्याउएर एमाले विभाजन गरिने छ । यसै अनुसारको व्यवस्था मिलाउने काम भइरहेको कुरा नसुनिएको होइन । हेराैँ मर्यादा र स्वच्छताको गफ गर्नेहरूको मति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *