देउवालाई विश्वासको मत दिनेबारे सामूहिक धारणा बनाउन माधव पक्ष आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बारेमा सामूहिक धारणा बनाउन नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

विघटित कार्यदलका नेताहरूले नेपाल निवास कोटेश्वरमा पुगेर माधव नेपालसँग वार्ता गरेलगत्तै नेपाल पक्षको आन्तरिक बैठक बसेको हो । नेपाल निवासबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत संस्थापन पक्षका नेताहरू बाहिरिएका छन् ।

माधव नेपाल निवासनजिकै च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । यता नेपाल निवासमा देउवालाई विश्वासको मत दिनेबारे माधव समूहका नेता छलफलमा छन् ।

माधव नेपाल लगायत २३ जनामध्ये अधिकांस सांसद विश्वासको मत दिनुपर्ने पक्षमा छन् । भीम रावल, सुरेन्द्र पाण्डेलगायत वार्ता टोलीमा रहेका नेताहरूले संस्थागत निर्णयमा जोड दिएका छन् ।

माधव नेपाल पक्षका २३ मध्ये केही सांसदले मत नदिए पनि देउवालाई विश्वासको मत पुग्नेछ ।

Comments

One response to “देउवालाई विश्वासको मत दिनेबारे सामूहिक धारणा बनाउन माधव पक्ष आन्तरिक छलफलमा”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    कामरेड माधव नेपालले यो तहको हर्कत गर्नु हुन्छ भन्ने सायदै कसैले सोचेका थिए होलान ? वहाँले त पार्टी त बाटोको मादल बनाउनु भयो । र, अझै संसद जोगाउने नाममा राजनीतिक पार्टी र देशको मर्यादा नै समाप्त गर्न उद्त बनी रहनु भएको छ । अब हेर्न बाँकी यति छ की वहाँका सहयोगीहरूके गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *