वार्ता टोलीका नेताहरु कोटेश्वरमा, संसद जोगाएरमात्र एमाले जोगाउने पक्षमा माधव नेपाल

काठमाडौं । नेकपा एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् ।

शनिवार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका दुवै पक्षका वार्ताकार नेताहरु आज वरिष्ठ नेता नेपालको निवास कोटेश्वर जाँदैछन् ।

केही नेता नेपाल निवासमा पुृगिसकेका छन् । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार पार्टी एकतामा उभिन नेपाललाई आग्रह गरिने वार्ता टोलीका एक सदस्यले बताए ।

आजै प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने तयारी रहेकाले नेपाललाई संस्थागत निर्णयका आधारमा मात्र अघि बढ्न आग्रह गरिने उनले बताए ।

माधव नेपालले देउवालाई विश्वासको मत दिने बताइसकेका छन् । नेपाल समूहमा १० बुँदे सहमतिमै पनि असहमति छ । नेपालले निर्णय प्रक्रियामा हस्ताक्षरसहितको दोस्रो अध्यक्ष दाबी गरेका छन् ।

वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायत नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् । नेपालले अब संसद जोगाउने प्रक्रिया टुंगिएपछिमात्र एमाले एकताको प्रक्रिया थाल्ने निकटस्थहरुसँग बताएका छन् ।

Comments

One response to “वार्ता टोलीका नेताहरु कोटेश्वरमा, संसद जोगाएरमात्र एमाले जोगाउने पक्षमा माधव नेपाल”

  1. jkg Avatar
    jkg

    आज बिश्वास मत देउवालाई दियौ भने एमालेमा माकुनेको इतिहास औपचारिक रुपले समाप्त,सुभाष नेम्वाङलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेर एमाले जोगाउने एक मात्र अवसर बाकी छ समय छदै सोचौ माकफुई नेताहरु,एमालेको बिग्रह नै काङ्ग्रेसको राजनैतिक जित र प्रचण्डको अस्तित्व जोगाउने र बामपंथीको मुलधार बन्ने अवसर दिनु हो आजै बिश्वासको मत लिनुको अर्थ पनि जति सक्यो उति चाडो एमालेको बिभाजन गर्ने उद्देश्य लुकेको छ समयमा नै चेतना भया

Leave a Reply

Your email address will not be published. Required fields are marked *