विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता हेमन्तप्रकाश वली ‘सुर्दशन’लाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज कुमार शर्माको संयुक्त इजलालसले वलीलाई रिहा गर्न आदेश दिएको हो । सुदर्शनको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अविक्ता कपिलचन्द्र पोखरेललगायतले बहस गरेका थिए ।

वलीलाई ‘साइलेन्ट हर्ट अट्याक’ भएपछि नख्खु कारागारबाट गंगलाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । वलीलाई थुनामै राख्नुपर्ने जिल्ला अदालत ललितपुरको आदेश बदर गर्दै स्वाथ्यको कारण जीवन रक्षार्थ पनि उनलाई थुनारमा राखिराख्नु् उचित नहुने सर्वोच्चको आदेश छ।

विप्लवले दुई दिन अघि सुर्दशनको अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *