सरकारले भन्यो : जोन्सन खोपको साइड इफेक्टबारे जानकार छौं, आत्तिनुपर्दैन

काठमाडौं । जोन्सन एन्ड जोन्सन खोपमा स्नायु प्रणाली सिथिल हुने (गीयाङ बारे सिन्ड्रोम)को समस्या देखिएको भन्ने अन्तर्राष्ट्रिय संचारमाध्यमको विवरणप्रति सरकारले आफू जानकार रहेको र आत्तिनु नपर्ने जनाएको छ ।

नेपाल पे्रससँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो समस्याप्रति मन्त्रालय जानकार रहेको र आत्तिनु जरुरी नरहेको बताए ।

अमेरिकाको औषधि सम्बन्धी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रिेसन (एफडीए)ले जोन्सन खोपले स्नायु प्रणाली सम्बन्धी जोखिम बढाउन सक्ने चेतावनी दिएको थियो ।

एफडीएको चेतावनीपछि द न्यूयोर्क टाइम्सले अमेरिकाको कूल जनसंख्याको तुलनामा उक्त समस्या विकसित हुने सम्भावना तीनदेखि पाँच प्रतिशत बढी रहेको अधिकारीहरुलाई उध्दृत गर्दै लेखेको थियो ।

अमेरिकामा २८ करोड व्यक्तिले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । जसमध्ये १०० जनामा गीयाङ बारे सिन्ड्रोम देखिएको र ९५ प्रतिशत गम्भीर बिरामी रहेको समेत एफडीएले जनाएको छ ।

शरिरको प्रतिरक्षा प्रणालीले स्नायु सम्बन्धी कोषलाई क्षति पुर्‍याएपछि यसले मांशपेशीलाई कमजोर तुल्याउँछ भने बेला बेलामा पक्षघात पनि हुने गर्छ । अमेरिकाले सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा नेपाल ल्याएको छ । सरकारले साउन ४ गतेदेखि जोन्सन खोप लगाउन सुरु गर्ने भन्दै खोप केन्द्र समेत तोकेको छ ।

Comments

One response to “सरकारले भन्यो : जोन्सन खोपको साइड इफेक्टबारे जानकार छौं, आत्तिनुपर्दैन”

  1. कृष्ण कुमार मण्डल Avatar
    कृष्ण कुमार मण्डल

    हाम्रो देश नेपालमा बसोबास गर्ने मानिसहरूको सुरक्षा को सरकारले लिएको भए झन यो खोप लगाउन सजिलो हुन्छ होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *