चारवर्षदेखि डेट गरिरहेका सौगात र सृष्टि यसवर्ष विहेको तयारीमा !

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ केहीवर्ष यता अफेयरमा छन् । उनीहरु लिभइन टुगेदर रहेको चर्चा पनि छ । फिल्मसँगै अफस्क्रिनमा समेत उनीहरुको केमेस्ट्री मिलेको देखिन्छ ।

पूर्वमिस नेपाल समेत रहेकी सृष्टि र सौगातले झन्डै चारवर्षदेखि डेट गरिरहेका छन् । उनीहरु सार्वजनिकरुपमा खुलेरै प्रेम व्यक्त गरिरहेका छन् । उनीहरु गम्भीर प्रेममा रहेको कुरा उनी निकटदेखि उनका फ्यानहरु सबैलाई अवगत छ ।

अब भने यो जोडी विहे तयारीमा छ । यसवर्ष विहे गर्ने उनीहरुको योजना छ । ‘हामीले चाह्यौं भने जहिले पनि विहे हुन सक्छ तर, हामी यसवर्ष विहे गर्ने कि भन्ने योजनामा छौं’ नेपाल प्रेससँग सौगातले भने, ‘हामी कसरी अघि बढ्ने भन्ने बारेमा एकदमै गम्भीर छौं ।’

यसवर्षदेखि फिल्म निर्माण थालेका सौगातलाई सृष्टिले साथ दिइरहेकी छिन् । फिल्मबाहेकका काममा पनि उनीहरु एकसाथ अघि बढेका छन् । सुवर्ण थापाले निर्देशन गरेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा सौगातले लगानी गरेका छन् र पोस्टप्रोडक्सन पनि सुरु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *