काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई युरोेपेली युनियनले बधाइ तथा शुभकामना दिएको छ ।
राजदूत नोना डेप्रेजले ट्वीटरमार्फत देउवालाई कार्यकालको शुभकामना दिँदै कोभिड-१९ विरुद्ध सहकार्यका लागि तयार रहेको बताएकी छिन् ।
साथै, अल्पविकसित मुलुकबाट विकासशिल मुलुकको सूचीमा स्तरोन्नती हुने प्रक्रियामा पनि युरोप साथमा रहेको उनको भनाई छ ।
साथै हरियाली, पुननिर्माण तथा समावेशी विकासमा पनि युरोप साथमा रहेको नेपालस्थित युरोपेली युनियन डेलिगेट्सले जनाएको छ । देउवालाई अमेरिकाले पनि बधाइ तथा शुभकामना दिएको छ ।

Leave a Reply