देउवा प्रधानमन्त्री भएपछि टाइम्स अफ इन्डियाको सम्पादकीय : भारत काठमाडौंको राजनीतिमा तटस्थ हुनुपर्छ

दिल्ली । नेपाली प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि भारतीय मिडियाले प्रमुखताका साथ समाचार प्रकाशन प्रसारण गरेका छन् । अग्रणी अखबार टाइम्स अफ इन्डियाले मंगलबार यसबारे सम्पादकीय नै प्रकाशित गरेको छ ।

टाइम्स अफ इन्डियाको सम्पादकीय हेडलाइन छ : नेपालमा पुनः बदलाव । देउवा पुनः प्रधानमन्त्री । तर, काठमाडौंको बदलिँदो राजनीतिमा भारत तटस्थ हुनुपर्छ ।’

काठमाडौंको बदलिँदो राजनीतिमा भारत तटस्थ भएर विकास परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन केन्द्रित हुनुपर्ने सुझाव उक्त अखबारको छ ।

सन् २०१५ मा नेपाली राजनीतिमा भारतले हस्तक्षेप गर्दा नेपाल चीनतर्फ ढल्किएको प्रसंग कोट्याउँदै टाइम्स अफ इन्डियाले उक्त घटनाबाट पाठ सिक्न समेत भनेको छ ।

नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक र नागरिक तहमा सदियौंदेखि कायम भएकाले यो सम्बन्धलाई नयाँ उचाइमा लैजानुपर्ने सुझाव समेत उक्त अखबारले दिएको छ ।

न्यूज१८ ले देउवा नेपाली प्रधानमन्त्री बन्नु भारतका लागि सकारात्मक रहेको जनाएको छ । भाष्कर दैनिक, द प्रिन्ट, हिन्दूस्तान टाइम्स लगायतका भारतीय अखबारले सर्वोच्च अदालतको आदेश केपी शर्मा ओलीलाई सेटब्याक भएको उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *