एमाले कार्यदलको बैठक ठोस छलफलबिनै सकियो, १० दिनदेखि केही प्रगति नभएको घनश्यामको भनाइ

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ ।

कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति नभएपछि नेताहरु भोली बस्ने भन्दै उठेका हुन् ।

बैठकबाट निस्कँदै संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिए । ओली पक्षका सुवास नेम्वाङले भोली साढे ११ बजे बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने आशा व्यक्त गरे ।

माधव पक्षका नेता घनश्याम भुसालले चाहिँ १० दिनदेखि केही पनि प्रगति नभएको भन्दै निराशा व्यक्त गरे ।

भुसालले भने, ‘१० दिनदेखी हमी जहाँको त्यहीँ छौं ।‌ टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौ ।’

नेम्वाङले भने, ‘३ वर्ष अघिदेखिको विवादलाई ९/१० दिनमा यो अवस्थामा ल्याइपुर्याउनु पनि ठूलो कुरा हो, भोली टुंगोमा पुग्नेमा आशावादी छौं ।’

भुसालले १० दिनदेखि जहाँको त्यही रहेको भनि दिएको प्रतिक्रियाका सम्वन्धमा पत्रकारले प्रश्न गर्दा नेम्वाङले त्यो पनि सही भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *