नेपालले मागे पार्टीमा ओलीकै हैसियत, एमालेको निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने

काठमाडौं । नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान वरिष्ठ नेता माधवकुमार नेपालले लिएपछि वार्ता टोलीका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।

बुधबार राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वान टु वान वार्तामा वरिष्ठ नेता नेपालले आफ्नो बटमलाइन प्रष्ट पार्दै पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी मागेका हुन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्तामा सहभागी दोस्रो तहका एक नेताले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार नेपालले अध्यक्ष मागेका छन् ।
उनले पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी मान्यता हुनेगरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने बताएका छन् ।

नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद ओलीले छाड्नुपर्ने बताउँदै आएका थिए । पछिल्लो समय वार्ता टोलीका नेताहरुबीच भएका अनौपचारिक छलफल र सहमतिका प्रयासप्रति नेपालले उदासीनता प्रकट गर्दै आएका छन् ।

ओलीसँग भेट्न समेत नचाहेका नेपालले आफूनिकट नेताहरुको आग्रह र दबाबमा बुधवार राति भेटेका थिए । ओलीले आफूलाई विपक्षी गठबन्धनबाट अलग गराउने चालबाजीका रुपमा मात्र वार्तालाई प्रयोग गर्न खोजेको नेपालको आशंका छ ।

वार्तामा सहभागी ती नेताले भने– वार्ता टोलीले काम त गरिरहेको छ, तर समस्या वार्ता टोलीमा होइन बाहिर छ । वार्ता टोलीले पार्टीलाई विधिसम्मत चलाउने र जेठ २ बाट अघि बढाउने सन्दर्भमा सहमति जुटाएको छ । तर माधव कमरेडले ओली बराबर पार्टी सन्चालनमा आफ्नो हिस्सा माग्नुभयो, जुन कुरा वार्ता टोलीले गर्न सक्दैन ।

स्रोतका अनुसार नेपालले प्याकेजमा सहमति हुनुपर्ने भन्दै सर्वोच्च अदालतको फैसलाअघि जसरी पनि विपक्षी गठबन्धनबाट आफूहरुलाई अलग गराउनमात्र खोजेको हो भने त्यसमा नफस्ने बताएका छन् । उनले ओलीको आफूलाई कत्ति पनि विश्वास नरहेकोले प्याकेजमै लिखित सहमति हुनुपर्ने भनेका छन् ।

नेपाल निकट स्रोतले भन्यो– केपी ओलीको नियत फैसलाअघि एमाले एकठाउँमा छ भनेर देखाउनेमात्र हो । माधव नेपाल यसमा प्रष्ट हुनुहुन्छ । मिलेको भोलिपल्टबाट एकलौटी निर्णय गर्न थालिहाल्छन् । चुनावमा जाँदा माधव नेपालका मान्छेलाई टिकटनै दिदैनन्, त्यसैले दुवै नेताको हस्ताक्षर भएको निर्णयमात्र कानूनी रुपमा मान्य हुने ग्यारेन्टी हुनुपर्छ भन्ने कुरा हो ।

एमालेको विधानअनुसार दुई अध्यक्ष रहने व्यवस्था छैन । तर राजनीतिक सहमति भएमा विधान संशोधन गर्ने वा विधान अधिवेशनबाट त्यस्तो व्यवस्था गर्न सकिने तर्क पनि आएका छन् । तर ओलीले नेपालको शर्त मानेका छैनन् ।

ओली निकट स्रोतले भन्यो– माधव कमरेडको विधि पद्धति भनेको आफूलाई विधानमै नभएको दोस्रो अध्यक्ष र बराबरी हिस्सेदारी रहेछ । यो दुनियाँ हसाउने कुरा हो । उहाँलाई मिल्नै मन छैन, कार्यदलमा भएका साथीहरुले अब के निर्णय गर्छन् भन्ने हो, उहाँले वार्तामा बस्दा समेत विभिन्न एजेन्सीका मान्छेहरुसँग परामर्श गरिरहनुभएको छ ।

ओलीले विपक्षी गठबन्धन छाडेको घोषणा गर्नुपर्ने कुरालाईमात्र शर्तका रुपमा अघि सारेको तर पार्टीलाई विधि विधानअनुसार संस्थागत निर्णयका आधारमा चलाउने कुरामा चासो नदिएको नेपाल पक्षको आरोप छ । आफू तल पर्ने अवस्था आएपछि ओलीले वार्तालाई दाउपेचको रुपमा लिएको र माधव नेपालले पद मागेको भनेर गलत हल्ला चलाएको नेपाल निकट स्रोतले जनाएको छ ।

कार्यदलमा रहेका नेताहरुले भने जेठ २ मा फर्काएर पार्टीलाई अघि बढाउने सन्दर्भमा सहमति नजिक पुगे पनि पावर शेयरिङको विषय ओली र नेपाल दुईजनाबीच समझदारी भएमात्र सम्भव रहेको बताएका छन् ।

Comments

3 responses to “नेपालले मागे पार्टीमा ओलीकै हैसियत, एमालेको निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने”

  1. nagendra Avatar
    nagendra

    माकुनेमा केही कुरा गहिरो सँग गढेका छन !!
    १। ओलिको क्ष्यमता र उचाइ सँग भयभित छन !! प्रतिस्पर्धा गरेर सक्तैनन !! यिनको कम्जोर मनले, ओली बलियो, अग्लो हुँदा पार्ती बलियो र अग्लो हुन्छ भन्ने सम्झन सक्तैनन, बरु आफु पुड्किएको र असुरक्षित भएको ठान्छन !!
    २। माकुने आफु सक्तिमा हुँदा चरम रुपमा ओलीलाई पेलेका छन, अहिले त्यही मानसिकताले ग्रस्त छन, पेलिन्छु भन्ने !! यी स्वतन्त्र रुपमा सबैको भावना लिएर हिंड्न सक्ने क्ष्यमताका छैनन त्येसैले अरुलाई पनि त्यही नजरले हेर्छन जुन तिनको कम्जोरी हो !!
    ३। अडान, सिद्धन्त बिधी, नैतीकता र निस्ठाको कुरा र वकालत गर्छ्न तर यि सबै गुण उनी आफुमा छैनन, अरुमा खोज्छन !!
    ४। आफ्नु लागि जस्तो पनि सम्झौता गर्न अघी सर्छन, आफ्नु द्रिढपन केही छैन, अरुको बहकाइमा बहकिन्छन र फुर्क्याइँमा फुर्किन्छन !! दुरदर्शिताको अभाव छ जसले यिनलाई वास्तबमा नेता हुनको लागि पनि योग्य छैनन र नेपलको वास्तबिक रुपमा अहिले कुनै रुपमा पनि भर्पर्दो रुपमा नेत्रित्व गर्न सक्ष्यम छैनन भन्ने प्रमाणित गर्छ !!
    यिनले यो बुझ्न सक्तैनन, यिनको ढिपी र जिद्धीपन रुलिङ पार्टि र समग्रमा देशमाथि घात भै रहेको छ !!

    1. Bhisma Raj Sharma Avatar
      Bhisma Raj Sharma

      यथार्थ , सहमत ।

  2. Bhisma Raj Sharma Avatar
    Bhisma Raj Sharma

    यथार्थ , सहमत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *