काठमाडौं । आज पनि देशका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान साथै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

Leave a Reply