सहकर्मीलाई चुम्बन गरेर सामाजिक दूरी उल्लंघन गरेको आरोप लागेका मन्त्रीले दिए राजीनामा

काठमाडां । ब्रिटेनमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिनुपरेको छ ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ भनेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू दु:खी भएको प्रतिक्रिया दिएका छन् । उनले राजीनमामा दिएपछि
पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो।

उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ।

कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन्।

बीबीसीकी राजनीतिक सम्पादक लरा कुन्सवर्गका अनुसार नम्बर टेन भनिने प्रधानमन्त्री कार्यालयले राजीनामा ह्यानकको निर्णय भएको र उनलाई प्रधानमन्त्रीले ननिकालेकोमा जोड दिएको छ।

स्रोत बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *