विपक्षी गठबन्धनको वक्तव्य : राष्ट्र गम्भीर संकटतर्फ, संयुक्त पाइला चाल्नैपर्ने अवस्था आयो (पूर्णपाठ)

काठमाडौं । विपक्षी गठबन्धनले निर्वाचन आयोगको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त वक्तव्यमा राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था र स्थापित मान्यता विपरीत अभ्यास गरिएको भन्दै आपत्ति जनाइएको छ ।

‘आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लघंन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानुन र न्यायसंग असंगत व्यवहार प्रदर्शन गर्नु चिन्ताको विषय हो’, वक्तव्यमा भनिएको छ । आयोगका गतिविधिबाट लोकतान्त्रिक अभ्यासमा नै आँच आउने दावी वक्तव्यमा गरिएको छ ।

प्रतिनिधिसभाको २ पटक विघटन ,अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कुटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा एवं राहत प्रदाज गर्न सरकार असफल भएको दावी गठबन्धनको छ ।

यस्तो छ संयुक्त वक्तव्य :

Comments

2 responses to “विपक्षी गठबन्धनको वक्तव्य : राष्ट्र गम्भीर संकटतर्फ, संयुक्त पाइला चाल्नैपर्ने अवस्था आयो (पूर्णपाठ)”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    माधव नेपाल @ncp_madhavnepal जी नाटक धेरै भो अब खुरूक्क कि सच्चा एमाले बन्नु नभए छोड्नु। देउवालाई नेता बनाएर हिंड्ने नै होभने एमालेको नाम दुरूपयोग नगर्नु। अझै पनि ल्याङ-ल्याङ गर्दै संयुक्त वक्तव्य निकालेर जनमन भ्रमित बनाएर एमालेको वरिष्ठ बन्छु लाग्याछ भने अब त्यो भ्रम नपाले हुन्छ।

    1. nabin paudel Avatar
      nabin paudel

      यस्ता नाथेले माधब नेपाल लाई सुझाब दिन सुहाउछ? पार्टी यो अबस्थामा कसरी आइपुग्यो भन्ने थाहा नभइकन बकम्फुसे विश्लेषण गरेर हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *