माधव नेपालले भने : भ्याकेटमा जाने निर्णयले एकता भंग गर्ने नियत स्पष्ट

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संस्थापन पक्षले नै एकता भंग गर्ने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको प्रष्ट हुने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपालले भनेका छन्, ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउनका लागि संविधान विरोधि र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने कुराले एकतावद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको सहजै देख्न सकिने टिप्पणी उनको छ ।

नेपालले भनेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु ।’

Comments

5 responses to “माधव नेपालले भने : भ्याकेटमा जाने निर्णयले एकता भंग गर्ने नियत स्पष्ट”

  1. पारिजात Avatar
    पारिजात

    माधव नेपालको भनाइ “नदिने बुढीले आइतबार बार्छे” भने जस्तै हो , यसमा मेट्नै नसकिने कुण्ठा भरिएको छ , हेक्का रहोस् कम्युनिस्टको बिलय दक्षिणपन्थी धारमा गएर हुनेछ भन्ने तर्कलाई माधव नेपालले प्रमाणित गर्ने नै छन् ।

  2. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    कम्न्युनिष्ट विरोधी शक्तिहरूका लागि माधव नेपालले रणनीतिक रूपमा काम गरिरहेका रहेछन् भनेर अहिले थाहा हुँदैछ तरपनि एमालेका केही नेता तथा कार्यकर्ताहरू उनैलाई आदर्श मानेर आफ्नो राजनीतिक भविष्य दाउमा लगाउँदैछन्। अब पनि माधवलाई नचिन्नु भनेको आफै र कम्न्युनिष्ट आन्दोलनलाई धोका दिनु हो।

  3. nagendra dhakal Avatar
    nagendra dhakal

    देख्नमा बाहिर माकुने भित्री रुपमा पचन्ड जस्तो उत्तेजना, फुट र भाड्भैलो मन्स्थिती र “मुखमा राम राम बगलिमा छुरा” प्रब्रित्ती रहुन्जेल न राजनीतिक स्थाईत्व हुन्छ, न देश जनताको लागि चिन्तल र योगदान गर्नेको कदर हुन्छ, न देशको उन्नती हुन्छ !!
    यी दुई, मात्र पदको भोक मेटाउन यत्ती सम्म नैतीक रुपमा च्युत हुन्छन भन्ने कल्पना थिएन !! आफ्नु ढालेर काङ्रेसको सरकार बनाउन तल्लिन यी लाज पचेकाहरु अरुलाई दक्षिणपन्थी आरोप लगाउछन !!
    साच्चै भन्ने हो भने, माकुनेले अहिले माकुनेले प्रचन्डको बुल्क्याइंमा बुल्किने हैन ओलिको बोली र पाइलामा साथ दिनु पर्ने हो, त्यो भयो भने माकुनेले सोचे जस्तो झन पुड्को हुने हैन बरु उचाइ बढ्छ !! कस्ले पार्टि फुटाउन, भत्काउन र बिसर्जन गर्न जोढ बल गरेको छ भन्ने देख्ने अरु कोही छैन भन्ने सोच्ने हो र !? मती सुधारियोस, सुवेच्छ्या !!

  4. Tej Prasad Sigdel Avatar
    Tej Prasad Sigdel

    कर्णालीमा फ्लोर क्रस गर्ने संसदहरुलाइ कार्यवाही गरिएन भने, इतिहासले दलिय व्यावस्थालाइ धिकार्ने छ।

  5. परदेशी कान्छो Avatar
    परदेशी कान्छो

    माधब कमरेडलाई कसैले भनिदिए हुन्थ्यो- सबैले घाँस खाँदैनन्, अब नेपालमा अरुलाई उल्लु बनाएर कसैको राजनीति टिक्न गाह्रो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *