ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनको अनुमति

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने टीका संग्रौला सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका अनुसार प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले तीनजनालाई हिजो हिरासतमा लिएको थियो । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

Comments

2 responses to “ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनको अनुमति”

  1. Bishnu Samari Avatar
    Bishnu Samari

    आफुलाई अरुभन्दा बढी जान्ने सुन्ने ठान्ने सार्वजनिक ठाउमा मलाई चिन्छस भन्दै ड्युटिमा रहेका प्रहरिलाई समेत थर्काउने सहयोग गर्छु भन्दै अरुमान्छे संग पैसा उठाउने अनी त्यही उठाएको पैसा बाट आफ्नो पनि जिबिको पार्जन गर्ने बिचमा बसेर समाज सेवकओ नाममा बिचौलियाको काम गर्ने यस्ता सामाजिक बिचौलियाहरुलाई हदैसम्मको कारबाही गर्नुपर्छ ताकी अब सोझ साझा दाँयालु स्वभाबका मान्छे नफसुन

  2. बिज्ञान पराजुली Avatar
    बिज्ञान पराजुली

    गहिराइमा अनुसन्धान होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *