धदिङका विपन्न चेपाङलाई खाद्यान्न सहयोग

धादिङ । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० का अति विपन्न चेपाङ परिवारलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ ।

कोरोना महामारीको कारण ज्यालामजदुरी गर्न घरवाहिर जान नपाएपछि खाद्यान्न संकट व्यहोेरीरहेका अति विपन्न ७५ चेपाङ परिवारलाई गाउँमै पुगेर प्रतिष्ठानको टोलीले खाद्यान्न सहयोग प्रदान गरेको हो ।

स्वर्गीय इन्जिनीयर डाक्टर भाष्कर बहादुर थापाको आठौं बार्षिकीको तिथि पारेर शनिबार गाउँपालिका प्रतिनिधि मणिराज गुरुङको उपस्थितिमा बेनिघाटरोराङ १० का ७५ घरका चेपाङ परिवारलाई दाल चामल नुनतेल वितरण गरेको प्रतिष्ठानका प्रोजेक्ट मेनेजर गोरख रेग्मीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *